धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा धरान २० ले धरान १७ लाई टाई ब्रेकरमा ४–३ गोलको अन्तरले पराजित गर्दे फाइनल प्रवेश गरेको छ ।
धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको दुवै समूह तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको हो ।
बुधवार भएको टाईब्रेकर खेलमा धरान २० विजेता राई,सन्जिता राई,अल्का राई, तेरेसा मगरले गोल गरिन । भने धरान १७ का सुनिता राई, प्रतिमा घिमिरे र नम्रता राईले गोल गरिन । जिनु राई र रुवान भुजेलको प्रहार बाहिरियो ।
खेलको ‘फेयर प्ले अफ द म्याच धरान २० सन्जिता राई घोषित भइन् । राईले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
भोलि बिहीबार हुने सेमिफाइनल खेल धरान ३ र धरान ११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ ।
व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मीड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको हो ।

































































