धरान : धरानकी रोशनी राई र खुशी राईसहित चार जना लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीमा गरिएको छुट्टाछुट्टै प्रहरी टोलीको चेकजाँच तथा खोजतलासीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

मंसिर २४ गते झापाको भद्रपुर नगरपालिका-५ मा चेकजाँच गरिरहेको वडा प्रहरी कार्यालय भद्रपुरले भारत दार्जिलिङका गोपाल वैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, सुनसरीको धरान-११ की रोशनी राई र धरान-१५ की खुशी राईलाई ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेटसहित अस्थायी प्रहरी चौकी रेल्वेले पक्राउ गरेको जनाएको छ।

यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का अशोक बराईलीलाई इलाका प्रहरी कार्यालय सिजुवाले नाइट्राजाम र स्पास गरी २८ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीको भनाइ छ।

सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।