झापा : इटहरी इन्टरनेशनल कलेजका विद्यार्थी लिन झापा गएको बस दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको दमक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिटी सफारीलाई जोगाउन खोज्ने क्रममा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो।
दुर्घटनामा संलग्न प्र–१–०२–००१ क ५३६२ नम्बरको बसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ।


































































