धरान : नेपाल मोबाइल व्यवसायी महासङ्घ कोशी प्रदेश अध्यक्षमा लोकमान तामाङ निर्वाचित भएका छन् । तामाङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन भएको  छ ।
आईतबार धरान–८ स्थित कञ्चनजङ्घा होटेलमा नेपाल मोबाइल व्यवसायी महासङ्घ कोशी प्रदेश साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो  । 
उपाध्यक्षद्धयमा युवराज निरौला,मनोज ढकाल,महासचिव आशिष् राज यादव,कोषाध्यक्ष विमला खतिवडा,सचिव गुणराज श्रेष्ठ  चयन भएका छन् । यस्तै सदस्यहरूमा निकेश कटुवाल,सन्तोष शर्मा,सहदेव खड्का,कृष्ण गोपाल निरौला,मनोज खड्का,रामचन्द्र खड्का,अर्जुन बर्देवा,सम्राट शाक्य,दीपक दुलाल,रमेश कटुवाल,रुजन श्रेष्ठ,गणेश श्रेष्ठ,लोकेन्द्र बुढाथोकी,रुपेश मगर रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले मोबाइल व्यवसायी महासङ्घले सरकारसँग उठाउने मागहरू स्थानीय, प्रदेश र सङ्घीय तहसम्म पुर्‍याउने पहल गर्ने बताएका छन्।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले व्यवसायीहरूको मर्का गम्भीरतापूर्वक बुझिनुपर्ने औँल्याए भने सङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले राज्यको उदासीनतामा आक्रोश व्यक्त गरे।
व्यवसायीहरूले सेकेन्ड ह्याण्ड मोबाइल कारोबारका लागि कानुन निर्माण गरी मात्र बिक्री अनुमति दिनुपर्ने माग राखेका छन्।
कार्यक्रममा मोबाइल व्यवसायीहरूले भोग्दै आएका सुरक्षा चुनौती, व्यावसायिक समस्या तथा समाधानका उपायबारे छलफल गरिएको थियो। साथै, घरेलु उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिनुपर्ने विषयमा समेत वक्ताहरूले धारणा राखेका थिए।