इटहरी  : सुनसरी मोबाइल व्यवसायी सङ्घको आयोजना भएको फुटसल प्रतियोगितामा इटहरीको खनार (सि) टिम विजयी भएको छ । मोबाइल मार्केटिङ सङ्घलाई पराजित गर्दै खनार टिमले २१ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको हो ।

इटहरीको पाथीभरा फुटसलमा भएको प्रतियोगिताको उपविजेता मार्केटिङ सङ्घले ११ हजार नगद पाएको छ । 

एरियल ब्राण्डले प्रायोजन गरेको प्रतियोगितामा पन्चकोशी हेल्थ केयर सर्भिसले मेडिकल सहयोग गरेको आयोजकले जनाएको छ । 

९ टिम सहभागी खेलमा उत्कृष्ट गोल रक्षकको उपाधि खनारका विनोद मेहेताले पाएका छन् भने हाइस्कोरर निर्मम थापा र उत्कृष्ट खेलाडी अभिषेक कालाकोटी घोषित भएका छन् । प्रतियोगितामा इटहरीका मात्र तिन वटा टिम सहभागी थिए ।