धरान : नेकपा (एमाले) सुनसरीका प्रभावशाली नेता जयकुमार राई चुनावी अभियानमा व्यस्त छन् । सुनसरी १ मा एमाले उम्मेदवार टिकाराम लिम्बुलाई विजयी गराउन उनी घरदैलो अभियानमा छन् । शनिवार धरानको भानुचोकको आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै राईले धरान, वराहक्षेत्र र रामधुनीको समग्र विकासमा एमालेको विकल्प नभएको दाबी गरे । 
नेता राई सुनसरी १ का पूर्व सांसद हुन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनी यसअघि एमाले र जसपाको गठबन्धनको कारण उम्मेदवार बन्न पाएनन् । यस पटक राई उम्मेदवार भए एमालेलाई सहज हुने आकलनका बिच पनि लिम्बुले टिकट पाए ।
एमाले भित्रको आन्तरिक एकता मजबुत बनाउन र पार्टीलाई जिताउन राई लागिपरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा राईले भने ‘२०७४ सालमा विजयी भएपछि बिष्णुपादुका देखि रामधुनी सम्मको सडक सञ्जालको विकासमा तीव्र काम भएको छ । धरानको पर्यटकीय क्षेत्रलाई प्रभावित पार्ने हाइटेन्सन लाइन एमालेकै कारण स्थानान्तरण भयो । धरानको कृषि बजारको निर्माण देखि धरानको पहिचानको रूपमा रहेको घण्टाघर समेत एमालेकै नेतृत्वमा बनेको हो । ।’
धरानको बसपार्क निर्माणमा समेत एमालेले निर्णय गरेको बताउँदै उनले विकासमा जनसहभागिताको विकास गरेर ६० र ४० को अवधारणा सुरुवात गरेको प्रस्ट पारे । एमालेले गरेको विकासको चर्चा गर्न कन्जुस्याइँ नगर्न आग्रह गर्दै उनले भने, ‘गरेको कामलाई गरेको भन्नुहोस् न । किन डराउनु भएको । एमालेले जति अरू कसले गरेको छ सुनसरी १ मा । अहिले काम गरेकै हिसाबमा एमालेलाई मात्र भोट माग्ने अधिकार छ ।’
एमालेले सुरुवात गरेको मदन भण्डारी राजमार्ग अन्तरगत सर्दु खोला र पटनाली खोलाको पुल बनको स्मरण गराए । सुनसरी १ मा एमालेलाई जिताएमात्र विकासको गति अगाडी बढ्ने र धरानको खानेपानी समस्या समाधान हुने उनको दाबी छ ।जयकुमार राई भन्छन् ‘सुनसरी १ को विकासमा एमालेको विकल्प छैन’
धरान : नेकपा (एमाले) सुनसरीका प्रभावशाली नेता जयकुमार राई चुनावी अभियानमा व्यस्त छन् । सुनसरी १ मा एमाले उम्मेदवार टिकाराम लिम्बुलाई विजयी गराउन उनी घरदैलो अभियानमा छन् । शनिवार धरानको भानुचोकको आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै राईले धरान, वराहक्षेत्र र रामधुनीको समग्र विकासमा एमालेको विकल्प नभएको दाबी गरे । 
नेता राई सुनसरी १ का पूर्व सांसद हुन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनी यसअघि एमाले र जसपाको गठबन्धनको कारण उम्मेदवार बन्न पाएनन् । यस पटक राई उम्मेदवार भए एमालेलाई सहज हुने आकलनका बिच पनि लिम्बुले टिकट पाए ।
एमाले भित्रको आन्तरिक एकता मजबुत बनाउन र पार्टीलाई जिताउन राई लागिपरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा राईले भने ‘२०७४ सालमा विजयी भएपछि बिष्णुपादुका देखि रामधुनी सम्मको सडक सञ्जालको विकासमा तीव्र काम भएको छ । धरानको पर्यटकीय क्षेत्रलाई प्रभावित पार्ने हाइटेन्सन लाइन एमालेकै कारण स्थानान्तरण भयो । धरानको कृषि बजारको निर्माण देखि धरानको पहिचानको रूपमा रहेको घण्टाघर समेत एमालेकै नेतृत्वमा बनेको हो । ।’
धरानको बसपार्क निर्माणमा समेत एमालेले निर्णय गरेको बताउँदै उनले विकासमा जनसहभागिताको विकास गरेर ६० र ४० को अवधारणा सुरुवात गरेको प्रस्ट पारे । एमालेले गरेको विकासको चर्चा गर्न कन्जुस्याइँ नगर्न आग्रह गर्दै उनले भने, ‘गरेको कामलाई गरेको भन्नुहोस् न । किन डराउनु भएको । एमालेले जति अरू कसले गरेको छ सुनसरी १ मा । अहिले काम गरेकै हिसाबमा एमालेलाई मात्र भोट माग्ने अधिकार छ ।’
एमालेले सुरुवात गरेको मदन भण्डारी राजमार्ग अन्तरगत सर्दु खोला र पटनाली खोलाको पुल बनको स्मरण गराए । सुनसरी १ मा एमालेलाई जिताएमात्र विकासको गति अगाडी बढ्ने र धरानको खानेपानी समस्या समाधान हुने उनको दाबी छ ।