धरान : सुनसरी-१ मा रास्वपाकी उम्मेदवार गोमा तामाङ सरिनले ११८२ को मतान्तरले अग्रता लिएकी छिन ।
सरिनले १७५५ मत पाएकी छिन । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ५७३ मत प्राप्त गर्दै सरिनलाई पछ्याइरहेका छन् ।
काँग्रेसका सुजेन्द्र गोलेले ३५८ ,राप्रपाका उद्धव श्रेष्ठले २२४,नेकपाका मनोज भट्टराईले १६४ र एमालेका टीकाराम लिम्बूले १५८ मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाको वडा १ र २ को  मत गणना गर्दा ३३९६ गर्दा ३२७० मत सदर भएको छ भने १२६ मत बदर भएको छ ।
धरान उपमहानगरपालिकाको १ र २ नम्बर वडाको मतगणना सकिएको छ ।