इटहरी : झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै शाह भारी मतान्तरकासाथ विजयी भएका हुन् । 
अन्तिम मत परिणाम अनुसार शाहले ६८ हजार ३४८ प्राप्त गरे भने अध्यक्ष ओलीले १८ हजार ७३४ मत पाए ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नकै लागि काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएका शाहले ४९ हजार ६१४ मतान्तरले विजय हासिल गरे ।