धरान : राष्ट्रिय फुटबल खेलाडी धरानका मिलन राई सम्मानित भएका छन् । राईलाई नेपाली फुटबलमा महत्त्वपूर्ण योगदान पुर्‍याएकामा सम्मानित गरिएको हो । 
उनलाई धरानमा आयोजित चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’ समापनको अवसरमा आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबले नगद २१ हजार रुपैयाँ सहित विशेष सम्मान गरियो ।
धरानको स्थानीय मैदानबाट फुटबल यात्रा सुरु गरेका राईले ए डिभिजन क्लब, राष्ट्रिय प्रतियोगिता हुँदै नेपाली राष्ट्रिय टिममा प्रतिभा प्रदर्शन गरेका छन् । उनको फुटबलप्रतिको समर्पण, अनुशासन र मिहिनेतले धरानका युवा खेलाडीहरूलाई प्रेरित गर्दै आएको आयोजकले जनाएको छ ।
राईलाई क्लबका अध्यक्ष अशोककुमार राईले सम्मान पत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका हुन । उनले धरानको फुटबल विकासमा राईको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । क्लबका सचिव उमेश जिमीले क्लबले प्रतिभा वान खेलाडीहरूको सम्मान र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानित राईले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए । उनले खेल यात्रामा प्रशिक्षक,परिवार,खेल प्रेमी तथा धराने फुटबल प्रेमी समुदायप्रति आभार व्यक्त गरे ।
milan-rai