धरान :नेपाल घिसिङ समाज धरान नगर कार्यसमितिले पिण्डेश्वर बाबाधाममा साउनको सोमबार लाग्ने बोलबम मेलामा आज आएका भक्तजनलाई निःशुल्क पिउने पानी वितरण गरेको छ।

समाजले आज सोमबार करिब ३० कार्टुन पानी भक्तजनलाई वितरण गरेको हो।

समाजका अध्यक्ष श्री घिसिङ,सचिव नरध्वज  घिसिङ, प्रवक्ता दीपक घिसिङसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा पानी वितरण गरिएको थियो।

समाजका पदाधिकारी तथा सदस्यहरूले आपसी सहयोगमा ५० र १०० रुपैयाँका दरले रकम सङ्कलन गरी पानी खरिद गरेर भक्तजनलाई वितरण गरेको बताइएको छ ।