धरानः धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा गरेको बजेट सम्झौता अनुसार धरान–५ स्थित हिमाली माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको आज सोमवार कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले शिलान्यास गरेका छन् । 
विद्यालय–धरान उपमहानगर बिच भएको भवन निर्माणको सम्झौता रकम १ करोड १ लाख ८७ हजार ६ सय ९४ रुपैयाँ ७९ पैसा रहेको छ ।
पीएस तथा भ्याटसमेत समावेश उक्त रकमले विद्यालयको ४ कोठे नयाँ भवन निर्माण गरिने छ । 
विद्यालय परिसरमा निर्माणाधीन भवनमा आवश्यक ४ वटा कक्षा कोठा थपिने छ ।
उपमहानगरपालिकाले आव्हान गरेको ठेक्का शुभिव्यन बिल्डर्स प्रालिले पाएको हो । उपमहानगरपालिका र निर्माण कम्पनीबिच २०८३ असार १२ गते सम्झौता अनुसार भवन निर्माण २०८३ कात्तिक ३० गते सम्म सम्पन्न गर्नुपर्नेछ।
भवन शिलान्यास कार्यक्रममा धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बु, विद्यालयका प्रधानाध्यापक एम। खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता सुनुवार लिम्बु तथा पूर्व व्यवस्थापन समिति अध्यक्ष दीपक घिसिङलगायतको उपस्थिति थियो।