बलिउड अभिनेता आमिर भन्छन् : ‘पिठोमा पैसा राख्ने मानिस म होइन’

  • बैशाख २२, २०७७
  • २१५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : बलिउडका लोकप्रीय अभिनेता आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर फैलिएको छ ।

भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।

तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्-‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।

 

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved