धरान : धरान - १४ स्थित वमधारा मार्गको सेउती खोलाको किनारमा धरानको प्याराग्लाइडिङ अवतरण केन्द्र (ल्याडिङ पोईन्ट) बनाइने भएको छ ।

प्रदेश एकको प्याराग्लाडिङ सङ्घले जनप्रतिनिधि र प्राविधिकहरूको टोलीले आइतबार सो स्थानको निरीक्षण गरेका थिए ।

उपमहानगरपालिकाको प्राविधिकहरू सहितको टोलीले करिब दुई बिघा जमिन निरीक्षण गरेको हो । उक्त जमिनको स्वामित्वको विषयमा धरान उपमहानगर र जिल्ला वन कार्यालय बिच छलफल गरेर अगाडि बढ्ने धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।

Paragalading-Area

प्रदेश एक प्याराग्लाडिङ सङ्घका अध्यक्ष भूपाल राईका अनुसार हवाई अनुमति सम्बन्धित निकायले प्रधान गरिसकेको छ । सङ्घलाई टेकअप र ल्याडिङ पोइन्ट आवश्यकता थियो त्यो पनि पुरा भएको सङ्घले जनाएको छ ।

निरीक्षणको क्रममा आएका पूर्व संविधानसभा सदस्य किरण राईले सेउती खोला पर्यटनको ठुलो सम्भावित क्षेत्र भएको बताए । जहाँ प्याराग्लाडिङ डिपिआर बनाउन सके धरान १४ को मात्र नभएर समग्र धरान कै विकास हुने तथा आन्तरिक बाह्य पर्यटनको आकर्षकको केन्द्र बन्न सक्ने बताएका हुन् ।