धरान : नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड-१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ-आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।