धरान (डेस्क) : बाँकेको अगैयामा मध्यरातमा भएको सडक दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।

लकडाउनको समयमा भारतबाट फर्केका नेपाली नागरिक लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको यात्रुबाहक मिनिबस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्युु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पबिन्द्र बमका अनुसार नेपालगन्जबाट सल्यानतर्फ गईरहेको यात्रु बाहक फोर्स कम्पनीको मिनि बस आइतबार मध्यरातमा बाँकेको अगैया नजिकैको जंगलमा रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

Bake-Accident-news

दुर्घटनामा ज्यान गुमाउने १० पुरुष र एक महिला छन् ।
घाइते भएका २१ जना मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक बमले जानकारी दिए ।

घाइतेमध्ये २१ पुरुष र एक महिला छन् । मध्यरातमा दुर्घटना भएकोले मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।