धरान : २४ घण्टामा २ सय १ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यसै गरी प्रदेश नं. १ मा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ को पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको रङ्गेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिद भूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।