धरान : गत आइतबार जर्वजस्ती करणीको आरोपमा धरान उपमहानगरका पुर्व अधिकृत चन्द्र बहादुर राई पक्राउ परे । राई पक्राउ पर्नासाथ उनकी श्रीमती बिमला राई पनि सोहि रात आफ्नै घरमा मृत फेला परिन् ।

आफ्नो घरमा काम गर्ने एक जना युवतीलाई जबरजस्ती करणी गरेकोमा राई पक्राउ परेका थिए । करणीको आरोपमा पक्राउ परेकै दिन उनकी मृत्यु भएकी श्रीमतीको काजक्रिया समेत हुन सकेको छैन ।
करणी मुद्दामा पकाउ परेकै दिन श्रीमतीको मृत्यु भएकाले प्रहरीले सो घटनालाई शंकाको घेरामा राखेको छ । श्रीमतीको मृत्युको कारण पोस्टमार्टम गर्न परिवारका अन्य सदस्यहरुले जाहेरी नदिएपछी अहिले शव थन्किएको हो ।

चन्द्रबहादुरको दोस्रो श्रीमतीको रुपमा रहकी बिमलाको शवको परिक्षणको विषयमा अझै परिवारले कुनै प्रतिक्रिया जनाएको छैन । अझ प्रहरीका अनुसार छोराहरुले बुबालाई छोडे मात्र पोस्टमार्टमको लागि जाहेरी दिने बताउने गरेका छन् ।

जेठी श्रीमतीको मुत्यु भएपछि दोश्रो विवाह गरेको कान्छि श्रीमतीको रुपमा आएकी बिमलाको आफ्नो सन्तान भने छैनन् । इलाका प्रहरी कार्यालय धरानको जानकारी अनुसार आइतबार भेट्टिएको विमलाको शवको विहिवार सम्म पनि जाहेरी परेको छैन् ।

पोस्टमार्टम गर्न छोराहरुले जाहेरी नदिएपछि श्रीमानले हिरासतमा रहेर श्रीमतीको काजक्रिया गर्नै पाएका छैनन् । हाल उनको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरी (शव गृह) मा रहेको छ ।

जबरजस्ती करणी मुद्दामा म्याद गरेर अहिले राईलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित युवतीले दिएको जाहेरीको आधारमा पिडकलाई पक्राउ गरी म्याद थप गरेको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।