धरान : धरान -१२ चतरालाइन स्थित होटल स्टार पुर्वीमा शनिबार धरान जेसिजले आयोजना गरेको एक दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ ।

तालिममा २६ जना सहभागी रहेका थिए । संस्थाका अध्यक्ष दिपेन्द्र निरौलाका अनुसार जेसिजका पदाधिकारी, सदस्य र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई तामिल दिइएको बताए । तालिमका प्रमुख प्रशिक्षक धरान जेसिजका पुर्वअध्यक्ष दोर्पध्वज राई , अमर राई र आशिषराज यादव रहेका थिए ।

तालिम युवाहरुको क्षमता अभिवृद्धि गर्ने एवं सफल उद्घोषक बनाउने उद्देश्यले आयोजना गरिएको तामिलमा कोरोना भाइरस  (कोभिड -१९ ) को महामारी भएकाले सहभागी सम्पुर्णलाई मास्क र सेनिटाइजर लगाएर मात्र हलभित्र प्रवेश गराइएको थियो । उद्घोषक गर्ने व्यक्ति कार्यक्रमको बारेमा जानकारी पुर्ण रुपमा भएको हुनु पर्ने अनुशासित हुनुका साथै बोलि प्रस्ट उच्चारण गर्ने सक्ने उद्घोषक गर्ने व्यक्ति आफुले कम बोल्ने सभागिको बोलि बढि सुन्नू पर्ने प्रशिक्षणको क्रममा आशिषराज यादवले बताएका थिए ।