धरान :धरान उपमहानगरपालिका वडा नम्बर -५ तल्लो देउरालीको सुन्दर बस्तिमा लगातार वर्षाको कारण सेउती खोलामा बाढी आएपछि केहि घर बाढिको उच्च जोखिममा रहेकाछन।

समयमा नै तटबन्ध नियन्त्रणको व्यस्थापन गर्नै नसक्दा थप  जोखिम हुने स्थानियहरुको भनाई छ  । बिहीवार रातभर पानी परेको कारण  खोलामा  थप  बाढी ठुलो आँउदा  स्थानीय  जितबहादुर लिम्बुको घर कटान भएको छ।घर नजिकै रहेको बिजुलिको पोल समेत ढालेको छ।सुन्दर बस्तिको पुर्वबाट अँधेरी खोलाले कटान गरेको छ भने पश्चिम तर्फ सेउती खोलाले कटान गरेको छ।dewrali-7

शुक्रबार बिहान जनता समाजवादी पार्टीका नेता कार्यकर्ता समाजवादी सुकुम्बासी संघका प्रतिनिधिहरु बाढी कटान भएको स्थलमा पुगेर अनुगमन गरेका थिए ।

अनुगमन गर्दागर्दे स्थानिय ममता राईले बाढीकै कारण निन्द्रा नलाग्ने रातभरी दिनभरी डर लाग्ने बताइन । सोहि क्रममा स्थानीय पासाङ शेर्पाका अनुसार ग्याबिङ हाल्न तारजाली माग गरिरहकोे हालसम्म तारजाली उपलब्ध नहुँदा थप समस्या परेको शेर्पाले बताए।

वडा समिति तथा धरान उपमहानगरमा यस बिषयमा बाराम्बार माग गरिरहेको तर तारजाली पर्याप्त उपलब्ध नभएको हाल ३५ थान तारजाली उपलब्ध भएमाछनभने पनि त्यसमा भर्ने ढुंगा नभएको उनी बताएउँछन । तारजाली ल्याउन समेत स्थानीय आर्थिक अवस्था नाजुक भएका कारण धरौटी राख्न नस्क्ने अवस्थामा भएको बताए। 

स्थानीय जितबहादुर लिम्बुका अनुसार  २०६३ सालदेखि  देखि नै बस्न थालेको बताए। तर तत्कालीन पछिल्लो समयमा बाढिले कटान गदै आफ्नो घर नजिक नै आईपुगेको बताएकाछन। उनले स्थानीय सरकारले जेजति  तारजाली  दिएका छन ती पर्याप्त नभएको बताए। वडाबाट ड्रेनको लागि तिन लाख विनियोजन भएको बताए। तत्काल तटबन्ध नियन्त्रणको लागि आवस्यक भएको भन्दै विभिन्न ब्यक्ति संघ संस्थालाई सहयोग उपलब्ध गराउन माग गरेकाछन।dewrali-6 dewrali-5 dewrali-2