धरान :  संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा पहिरोमा हराइरहेका ११ जनाको पहिचान खुलेको छ ।

पहिरोले ९ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् । घटनास्थलमा सिलिचोङ गाउँपालिमाका स्वास्थ्य प्रमूख  दिपेन्द्र राइ सँग २ जना सहयोगी  गएका थिए । २५ बर्षिय मदन राईको उद्धार गर्ने क्रममा बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

 उपरीक्षक मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाँउलेहरुका सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । एन्जिला गर्भवती समेत थिइन ।

पहिरोले राममान राई, जुद्धबहादुर, माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दिप, भीमबहादुर, शिवधन र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको मल्लले बताए । उनीहरु पनि घटनास्थल पुगिसकेका छैनन् । घटनास्थल विकट र सडक सञ्जाल समेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामाग्रीसहित घटनास्थलतर्फ हिडिँसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तिमा १२ घन्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् ।