धरान : विराटनगर महानगरपालिकामा दैनिक कोरोना संक्रमित बढ्दै गएको र समुदाय स्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि आज देखि १४ दिने लकडाउन सुरु भएको छ ।

यस भन्दा अघि केन्द्र सरकारले घोषणा गरेको भन्दा विराटनगर उपमहानगरपालिकाले घोषणा गरेको लकडाउन कडा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विराटनगरमा लकडाउनका कारण सर्वसाधारण समेत हिँडडुल गर्न दिइएको छैन । अत्यावश्यकीय बस्तु बोक्ने केही सवारी साधनहरू बाहेक अरू केही पनि सञ्चालन हुन प्रहरीले दिएको छैन । विराटनगरको विभिन्न चौक र सडकहरूमा नगर प्रहरी, प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन भएका छन् ।

विराटनगर महानगरपालिकामा मात्रै अहिले सम्म १ सय ८ जनालाई कोरोना सङ्क्रमण भएको छ । यसै गरी प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत २५ जना प्रहरी समेत कोरोना संक्रमित भएका छन् । ट्राभल हिस्ट्री नभएका स्थानीयमा पनि तीव्र रूपमा कोरोना सङ्क्रमण देखिन थाले पछि विराटनगर महानगरपालिकाले हिजो महानगर स्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले लकडाउनको घोषणा गरेको हो ।

Biratnagar-Luckdaun-3 Biratnagar-Luckdaun-2