धरान : प्रदेश १ मा आज ६७ जना सँगै देशैभर ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ को मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र बिर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय २२ पुगेको छ ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ९ सय १० पुगेको छ ।

आज प्रदेश १ मा १ हजार ६ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज देशभरको विभिन्न जिल्लामा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय १४ पुगेको छ ।