धरान : प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

आज बिहान विराटनगर उपमहानगरपालिका ९ का ५८ वर्षीय पुरुषमा कोरोना आशङ्का गरी कोसी अस्पतालमा भर्ना गरिएको थियो । ९ १५ बजे अस्पतालमा ल्याईपुर्याईएका बिरामीमा ज्वरो, खोकी र निमोनियाबाट ग्रस्त भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दाशले बताए ।

अस्पताल ल्याई पुर्रयाउदै अचेत भइसकेकोले गर्दा उनको तत्काल स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । दिउसो ३ बजे उनको रिपोर्ट आएको मेसु डा. दाशले बताए । रिपोर्ट आउनु भन्दा पहिले नै उनको मृत्यु भइसकेको थियो । यो सँगै प्रदेश नं. १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

यसअघि विराटनगर महानगरपालिकाका ३ जना रंगेली नगरपालिकाका १ जना र सुनबर्षी नगरपालिकाका १ जनाको ज्यान गइसकेको छ ।