धरान : धरान-१६ मा आज साँझ एउटै घरमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार केही दिन अघि धरान १६ का कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कनट्र्याक्टमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिका देखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य प्रमुख मेहेताले बताए । उनका अनुसार ४५,२९,२९, १४,१७,१२,५७,३२ र ३८ बर्षीया महिला, ५३,२४,५४ र २७ वर्षीय पुरुष गरी १३ जना रहेका छन् ।

श्रेष्ठ दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको कनट्र्याक्ट ट्रेसिङकाहरु र एन्फा क्वारेनटाइनमा रहेका ९७ जनाको स्वाब लिइएको मध्ये १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।