प्रदेश १ मा १ सय ३८ जना कोरोना संक्रमित थपिए, अहिले सम्म २१४२ जना संक्रमित निको भए

  • भदौ ३०, २०७७
  • २३२ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : प्रदेश १ मा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा सङ्क्रमण देखिएका छ । सङ्क्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी सुनसरीको दुहबीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, सङ्खुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ९६७ पुगेको छ । प्रदेश १ मा आज ६४ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि.जनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार १४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved