धरान : प्रदेश १ मा आज १ सय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहबीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको सङ्ख्या २ हजार २३९ पुगेको छ । प्रदेश १ मा आज १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।