धरान : बास्केटबल सङ्घको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । 

धरान बास्केटबल सङ्घले पाचौ बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिmको लागि सिफारिस गरेको हो ।

धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सङ्घ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरी सङ्घ र विद्यालयले सम्झौता पत्र आदान प्रदान गरेका थिए । सङ्घको तर्फ वाट सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वूले सम्झौता पत्र आदान प्रदान गरेका हुन । उक्त सम्झौता पत्रमा उल्लेख गरिए अनुसार ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रवृत्ति डिपोट स्कुलले प्रदान गरेको छ ।

डिपो स्कुलमा छात्रवृत्ति प्राप्त गर्ने खेलाडी विद्यार्थीहरूमा प्रीति राई, मिङ्सो लिम्बु, युद्ध लिम्बु, विवेक  राई, सितल तामाङ गरी ५ जनाले ७५ प्रतिशत छात्रवृत्ति पाएका छन् भने आयु राई, सरोज राई, मन्दिप राई, निहाल गजमेर, पौसन चौधरी, नानिम्मा राई, प्रियङ्का राई, जस्मिना लिम्बु, बिन्दिया राई र श्रेया सुनार गरी १० जनाले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका हुन । छात्रवृत्तिm प्राप्त गर्ने प्रीति राई र सितल तामाङ प्रदेश १ को महिला बास्केटबल टिम सदस्य हुन । उनीहरूले सम्झौता पत्रमा सम्झौता गरिएको बुँदाहरूमा सहमति जनाउँदै विद्यार्थी तथा विद्यार्थीका अविभावकहरुले समेत पत्रमा हस्ताक्षर गरेका थिए ।

धरान बास्केटबल सङ्घको आयोजना , धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा करिब एक महिना लामो ट्यालेण्ट हण्ट कार्यक्रम सम्पन्न भएको थियो । धरान १६ रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा राखेपका प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा हेमन्त राई, नवीन राई, युगल लिम्बु, बिराज लिम्बु, रञ्जित लिम्बु, र सृजन आचार्यले प्रशिक्षण दिएका थिए ।

विगतको समय देखि नै डिपोट स्कुलले खेल क्षेत्र र शिक्षा क्षेत्रमा लगानी गरे अुनुरुप सफलता पाउँदै आइरहेको डिपो स्कुलका प्राचार्य राजकुमार राईले बताए । कार्यक्रममा प्राचार्य राईले डिपोट स्कुल कुनै नाफामुखी संस्था नभएर सामाजिक शैक्षिक संस्था रहेको जनाए । उनका अनुसार खेल क्षेत्रमा हेर्ने हो भने बास्केटबल खेलमा नेपालको प्रतिनिधित्व गर्ने विशेष खेलाडी तथा प्रशिक्षक एवं खेलाडी डिपो स्कुलले उत्पादन गर्न सफल भएका छन् । 

एसइई पश्चात् कोभिडको यो महामारी बिच ट्यालेण्ट हण्ट गर्ने नगर्ने दोधारको बिच सामाजिक सुरक्षालाई अवलम्बन गर्दै ट्यालेण्ट हण्ट सफलता पूर्वक सम्पन्न गर्न सफल रहेको कार्यक्रमका विशेष अतिथि बास्केटबल सङ्घका केन्दिय उपाध्यक्ष सुरजकुमार लामाले बताए । हाम्रो यो कार्यक्रमलाई सम्मान गर्दै डिपोट स्कुलले हाम्रा १५ जना सम्भावना बोकेका विद्यार्थीहरूलाई छात्रवृत्ति दिएकोमा अध्यक्ष लामाले स्कुल प्रति आभार प्रकट गरे । कार्यक्रममा बोल्ने क्रममा उनले बताए डिपोट स्कुल वास्तवमै खेलकुदको हिसाबले विशिष्ट स्थानमा रहेको स्कुल हो । मोफसलमा डिपोट स्कुल एक मात्र खेलकुदमा ठुलो योगदान दिने विद्यालय रहेको उनले दाबी गरे । सङ्घले यसअघि ट्यालेन्ट हन्टका ७ जना विद्यार्थीलाई एम्स एकेडेमीमा छात्रवृत्ति प्रदान गरिसकेको छ ।

डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न कायृक्रममा प्रमुख अतिथि १८ न। वडाध्यक्ष प्रवीण राई, बास्केटबल सङ्घ सचिव एवं प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।