धरान : सुनसरीमा आज ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरी कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार बराहाक्षेत्र नगरपालिकामा १० पुरुष र १ महिला सहित ११ जना, धरानको बीपीका एक जना इनरुवाका पुरुष र १ महिला र १ पुरुष गरी ३ जना, इटहरी उपमहानगरपालिकाका मात्रै १६ पुरुष, ७ महिला सहित २३ जना सहित गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १४०४ पुगेको छ ।