धरान : प्रदेश १ मा आज १ सय ६६ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरङको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ४३७ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २७, कोभिड १९ आइसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धाईजन आइसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल सङ्खुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि जनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ४३२ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।