धरान : धरानको जिरोपोईन्ट माथि भेडेटार जाने बाटोमा राति १२ बजे ट्रिफर दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

तेह्रथुमबाट धनकुटाहुँदै धरानतर्फ झरेको खाली बा ४ ख ९७८३ नम्बरको ट्रिफर दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार स्थानीयले गाडी झरेको ठुलो आवाज आएपछि इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। ट्रिफर अहिले सम्म देखिएको छैन। ट्रिफर तिन सय मिटर भन्दा तल झरेको अनुमान गरिएको छ ।

भिरबाट जान सक्ने अवस्था नरहेको हुँदा टिफर निकाल्न नसकिएको प्रहरीले बताएको छ । ट्रिफरका तर्फ चक्का खोलामा झरेका थिए । ट्रिफरका चालक भने जङ्गलको रूखमा अड्किएको अवस्थामा भेटिएको डिएसपी बस्नेतले बताए ।

ट्रिफरमा सवार चालक इटहरी १७ का नेत्र प्रसाद भट्टराई रहेको र उनको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको बस्नेतले बताए।