झापा : झापाको दमकमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये एकै घरका ४ जना र २ जना स्वास्थ्यकर्मी छन् । शुक्रबार परिक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको हो ।

दमक ५ का कन्ट्याक्ट् ट्रेसिङमा परेका एकै घरका ४ जनामा संक्रमण देखिएको हो । यस्तै दमक अस्पतालका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।