विराटनगर : प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहबीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, बिर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार १४९ पुगेको छ ।

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आइसोलेसन केन्द्र बाट ८, होम आइसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।