विराटनगर : प्रदेश १ मा आज १ सय ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसै गरी सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहबीमा १ पुरुष, झापाको बिर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २५५ पुगेको छ ।

प्रदेश १ मा आज १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाँउबाट ५, नोबेल मेडिकल कलेजबाट ३, भानुजन मावि आइसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आइसोलेसन, विराटनगर र कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ७८८ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।