विराटनगर : प्रदेश १ मा आज ४४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् ।

सुनसरीको इनरुवामा ४८, इटहरीमा १९, दुहबीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा १०९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, बिर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सूर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा आज १४२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३६, मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार १५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।