मोरङमा २६२ सहित प्रदेश १ मा आज ४६० कोरोना सङ्क्रमित थपिए

  • कार्तिक ७, २०७७
  • ४८१ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा आज ४६० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, सङ्खुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हाल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४६८ पुगेको छ ।

प्रदेश १ मा आज ४८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved