विराटनगर : आगामी मङ्सिर भित्रमा सहिद रङ्गशाला विराटनगरमा फ्लड लाइट जडान भइसक्ने भएको छ ।

फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मङ्सिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । रङ्गशालामा फ्लड लाइट जडानका लागि  आवश्यक सामाग्रीहरू ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मङ्सिर मसान्त भित्रमा काम सकिने बताए ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।  लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोप्राइटर गणेश कार्कीले बताए । उनले मङ्सिर भित्रमा काम सम्पन्न गरिने बताए । उनका अनुसार अहिले ३३ मिटरका मास्ट ९पोल० र १०८ वटा लाइट ल्याईसकीएको बताए ।

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताए । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको बताए ।