धरान : धरान सङ्गीत प्रतिष्ठान कार्यसमितिले सल्लाहकार मनोनीत गरेको छ ।

प्रमुख सल्लाहकारमा राष्ट्रिय गायक दीप श्रेष्ठलाई मनोनीत गरेको छ भने विशेष सल्लाहकारमा रमेश राई, अनुप लामा, डा. एलिन सुन्दास, रमना श्रेष्ठ, अजय राई, जीवन भट्टराई, सुनिल नेपाल, किरण श्रेष्ठ, एसपी भीम दाहाल, नवराम राई, मनोहर शाक्य, पम्फा दर्नाल, शिव लामिछाने, सुन्दर श्रेष्ठ, नवीन राई, एपि शेर्पा, सृजन नेपाल, हर्षु राई र गङ्गा कालिकोटेलाई मनोनीत गरिएको छ ।

यस्तै हङकङ प्रतिनिधि सल्लाहकारमा धन थापामगर, दिनेश सुब्बा, ज्ञान सुब्बा, कवि राई र सञ्जीव राईलाई मनोनीत गरिएको छ । जर्मन प्रतिनिधि सल्लाहकारमा रवि श्रेष्ठ र ध्रुव शाक्यलाई मनोनीत गरिएको छ भने अमेरिका प्रतिनिधि सल्लाहकारमा सागर शर्मा, विशाल मास्के र जसकुमार राईलाई मनोनीत गरिएको छ ।

यसै गरी ब्रुनाई प्रतिनिधि सल्लाहकारमा रवि दर्नाल र स्विडेन प्रतिनिधि सल्लाहकारमा विक्रम शाक्यलाई मनोनीत गरिएको छ । यस्तै लण्डन प्रतिनिधि सल्लाहकारमा किरण लिम्बु, खगेन्द्र लिम्बु र विनय राई छन् भने अस्ट्रेलिया प्रतिनिधि कलाकारमा लोकदिप राई र रोविन राई ९विनय० छन् ।

धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा कार्तिक २६ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।