विराटनगर : प्रदेश १ मा आज २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहबी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १, झापाको दमकमा ११, बिर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिका ५–५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा ११, सङ्खुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ७३४ पुगेको छ ।

प्रदेश १ मा आज ८३३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र ११९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८१ हजार ३६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी आज प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार ७८७ पुगेको छ ।