बिराटनगर  : मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो ।

यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।