विराटनगर : सहिद रङ्गशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य सुरु भएको छ ।

मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रङ्गशालालाई समयानुकूल अत्याधुनिक रङ्गशालाका रूपमा रुपान्तरण गरिने बताए ।

मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाडै खेलकुद गतिविधि सुरु गर्न सकिने बताए । मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिदैं उहाँले रङ्गशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने समेत जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रङ्गशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताए । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भए पनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उनले बताए ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक रहेका छन् ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको हो ।

Biratrangasala-2