धरान : गायक ज्ञान सुब्बाको 'धरान शहर' बोलको गीत सार्वजनिक भएको छ ।

धरानको गोर्खा डिपार्टमेन्टको सभा हलमा एक कार्यक्रम गरी धरान सहर म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

उपमहानगरपालिकाकी मञ्जु भण्डारी सुवेदीले सो म्युजिक भिडियोको सार्वजनिक गरेका हुन् । धरान सहर गीतमा गायक ज्ञान सुब्बा रहेका छन् । कलाकारतर्फ नायिका रेखा लिम्बु , विनोद बस्नेत, जोयना लिम्बु, निसाम लिम्बु बिपना श्रेष्ठ, बादल श्रेष्ठ रहेका छन् ।

म्युजिक भिडियोका निर्देशन भूपेन्द्र तुमावाहाङ्फेले गरेका छन् । म्युजिक भिडियोको गीतको शब्द हर्क चुम्मे र सङ्गीत जीवन भट्टराईको रहेको छ ।

उक्त भिडियोको सुटिङ धरानका धार्मिक पर्यटकीय स्थलहरूमा गरिएको थियो ।