धरान : पछिल्लो समय साङ्गीतिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमालको नयाँ गीत ‘मेरो धड्कन’ सार्वजनिक भएको छ ।

रचनाको साथमा सङ्गीत संयोजकमा उस्तै स्वरका धनी पुष्कर सुनुवार रहेका छन् । रचनाका हरेक गीतले बजारमा एउटा तरङ्ग छाएको समयमा पुनः अमिर माबो र पासाङ तामाङको शब्दलाई उनले भाव प्रदान गरेकी हुन् ।

रिमालको स्वरको जादुले हुन त हरेक शब्दलाई काबुमा पार्न सफल छिन् गायिका रिमाल यद्यपि पुन मेरो धड्कन बोलको गीतलाई पनि आफ्नो स्वरको जादुमा पार्न सफल भएकी हुन् ।

गायिका रिमाल र गायक सुनुवारको धेरै गीतहरू बजारमा आइसकेका छन् भने यो गीत पनि बजारमा आइसकेको छ । भनिन्छ नि दुनियाँ प्रेममा बाँधिएको छ ।

हुन त प्रेमलाई अहिले सम्म कुनै शब्द तथा वाक्यले परिभाषित गर्न सकेको छैन तैपनि भाव भने हरेक शब्दले दर्साउने छ । यसैको उदाहरण हो ‘मेरो धड्कन’

गीत गायक पुष्कर सुनुवारकै युट्युब च्यानलबाट बजारमा आइसकेको छ । गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन्।