मैत्रीपूर्ण फुटसलमा फोटो पत्रकार सुनसरी विजयी

  • पुष २१, २०७७
  • १२८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरान १३ रहेको सञ्जीवनी केन्द्रको आयोजनामा पुस २३ र २४ गते हुन लागेको प्रथम खुल्ला फुटसल प्रतियोगिताको प्रचारको लागि भएको मैत्रीपूर्ण खेलमा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी विजयी भएको छ ।

धरान-१० स्थित धरान फुटसलमा आइतबार भएको मैत्रीपूर्ण खेलमा फोटो पत्रकार टिमले आयोजक सञ्जीवनी टिमलाई १७-१३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको विजेता तथा उपविजेता टिमलाई मेडल, प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली र कार्यक्रमका सभाध्यक्ष सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले पुरस्कार वितरण गरेका थिए ।

खेलको म्यान अफ द म्याच फोटो पत्रकार माहासंघ, सुनसरीका अध्यक्ष तथा टिम क्याप्टेन विकास चाम्लिङ घोषित भएका थिए । उनलाई प्रमुख अतिथि रसाइलीले मेडल प्रदान गरेका छन् ।

२३ र २४ गते हुने दुई दिने प्रतियोगितामा प्रदेश १ र काठमाण्डौको एक टिम सहित ३२ टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ, र उपविजेता टिमले नगद ३१ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी र गोलकिपरले समेत नगद पुरस्कार , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

कार्यक्रमबाट बचत भएको रकमले पाच वटा सामाजिक कार्य गर्ने योजना रहेको अध्यक्ष ताम्रकारले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

सोही कार्य अनुसार आइतवर फुटसल अगाडीको बाटोमा जेब्रा क्रस बनाइदिएको छ । तिन तिर वाट बाटो जोडिने स्थानमा तिन वटा जेब्रा क्रस निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved