विराटनगरको सहिद मैदानमा जडान गरिएको फ्लड लाइटको मन्त्री कार्कीद्वारा अनुगमन

  • पुष २१, २०७७
  • ९९ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् ।

फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गरेका हुन् । लाइट जडानमा गुणस्तरीय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिए । सहिद मैदानका चार कुनामा राखिएका मास्ट पोलको उनले अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री कार्कीले प्यारा फिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताए ।

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रक्रिया पनि सुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराए ।

फ्लड लाइट जडानका लागि गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सन बिच सम्झौता भएको तियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाइ भएको कन्स्ट्रक्सनले जनाएको छ ।

मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । चार कुनमा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्ब हुने कार्की बन्धु अमर जेभीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved