धरान : नेपाली काँग्रेस नगर समिति धरानले नवनिर्वाचित नेपाल प्रेस युनियन धरानका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

धरान १८ बुद्धचौकस्थित काँग्रेसको पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित नेपाल प्रेस युनियन धरानका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।

बधाई कार्यक्रममा काँग्रेसका नगर सभापति समेत रहेका धरान उपमहानगरका प्रमुख तिलक राई, नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, काँग्रेस नगर सचिव श्याम पोख्रेल, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ लगायत नेताहरूले प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीहरूलाई अबिर र रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

बधाई कार्यक्रम पछि नगर प्रमुख सहित काँग्रेसका नेताहरूले नवनिर्वाचित सबै पदाधिकारीहरूलाई पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै समाज विकासका निम्ति समय सापेक्ष देश र जनताको भावना र मर्म अनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । साथै उनीहरूले पत्रकारिता जगतप्रति रहेको जनताको भरोसा र विश्वासलाई टुट्न नदिन पनि आग्रह गरे ।

Press-Union