विराटनगर : प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८, झापा र सुनसरीमा ३-३, धनकुटा र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २-२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १-१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ पुगेको छ ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।