धरान : प्रदेश १ मा आज ४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २७२ जनाको पिसिआर परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएकाहरूमा सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाबाट १,१ जना, विराटनगर महानगरपालिकाबाट १ जना र धनकुटाको स्थानीय तह नखुलेको १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार ७० पुगेको छ भने आज १९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १८ जना र विराट मेडिकल कलेजबाट १ जना गरी १९ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा अहिले सम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २९ हजार ४ सय २२ पुगेको छ ।

यसै गरी प्रदेश १ मा १ सय ८५ जना कोरोनाका सक्रिय संक्रमति रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ४६३ पुगेको छ ।