इटहरी : सुनसरीको इटहरीमा शुक्रवार साँझ गायक प्रमोद खरेलले आउने भएका छन् ।

अ स्टोरी अफ योङ हर्टको आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुनकालागि गायक खरेल इटहरी आउने भएका हुन । इटहरी स्थित ओसियन पार्क एन्ड रिसोर्टमा हुन लागेको उक्त साँझमा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए ।

गायक खरेलले आफ्नो स्टोरी सँगै आफ्ना दर्जन बढी गीतहरू पस्कने कार्यक्रम रहेको निर्देशक घिमिरेले बताए । झन्डै १ वर्ष अघिबाट स्टोरी सुनाउने कार्यक्रमको आयोजना गरिएको भए पनि लक डाउनले गर्दा निरन्तर कार्यक्रम आयोजना गर्न नसकीएको आयोजकले जानकारी दिएको छ।

सफल ब्याक्तित्वहरुको स्टोरी सुनाउँदा युवाहरूमा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवाहरूलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको आयोजक अ स्टोरी अफ योग हर्टले जनाएको छ ।

जस अन्तर्गत बिद्यार्थिहरुले कार्यक्रममा प्रवेश गर्नका लागि न्यूनतम शुल्क राखिएको जनाएको छ ।

शुक्रवारको कार्यक्रममा डाइनामिक ब्याण्डले समेत प्रस्तुति गर्ने बताइएको छ । शुक्रवारको साँझमा आउने दर्शकहरूले फेमिलि प्याकेज,साधारण प्योकजका टिकटहरू बिक्री गरिएको छ ।

गायक कमल खत्रीले इटहरी आएर लक डाउन अघि यस भन्दा पहिले आफ्नो स्टोरी सुनाइसकेका छन् ।