इटहरी : इटहरीमा फागुन १३ गते देखी एक नम्बर प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक हाम्रो इटहरी भेट्रान क्लबले इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म चल्ने आयोजक इटहरी भेट्रान फुटबल क्लबका अध्यक्ष मन्दिप कुमार राईले जानकारी दिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहने अध्यक्ष राईले बताए । १२ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा विजेता टिमले ५५ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको उद्घाटन र समापन इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरीले गर्ने आयोजकले जनाएको छ ।