धरान : कोरोना महामारीको कारण सुनसान बनेका पर्यटकीय स्थलहरू अहिले फेरि रमझममय हुन थालेका छन् ।

धरान देखि नजिकै रहेको सुन्दर रास ताल यति बेला घुम्न मन पराउने पारखीहरूको एउटा उत्कृष्ट गन्तव्य बनेको छ । धरानको हरियाली सामुदायिक वन हुँदै जाने कच्ची सडकबाट चार कोशे जङ्गल छिचोल्दै करिब मोटरसाइकल र अन्य सवारी साधनमा २०, २५ मिनेटमा पुग्न सकिने रास ताल अहिले सुन्दर र आकर्षक गन्तव्य बन्न थालेको छ ।

Rasa-Tal-11

रामधुनी नगरपालिकाको वडानं. ७ को सुनसरी सामुदायिक बन क्षेत्रमा रहेको रास तालमा ढुङ्गा सायर गर्न सकिनुको साथै तालको वरिपरि रहेका रमणीय स्थलहरू वाह तथा आन्तरिक पर्यटकहरूको आकर्षणमा पर्दछन् ।

विषेशगरी रास तालको केही मास्तिर चार कोशे झाडी सँगै जोडिएको पिकनिक स्पटमा अहिले हरेक दिन जसो वनभोज खानेहरूको भिड हुने गरेको छ ।

Rasa-Tal-8

रास ताल एउटा ताल हो । यहाँ जैविक विविधताले सुन्दर त छ नै त्यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीले पनि रास तालको सौन्दर्यमा आकर्षण थपेको छ ।

रास तालको प्रचार प्रसार र प्रवर्द्धन गर्न सके सुनसरी जिल्लाको पर्यटन पर्वद्धनमा निकै ठुलो महत्त्व तथा भूमिका खेल्न सक्नेछ भन्दा दुई मत नहोला ।

Rasa-Tal-5 Rasa-Tal-1 Rasa-Tal-2 Rasa-Tal-7 Rasa-Tal-3 Rasa-Tal-10 Rasa-Tal-12